ओसाका र हलेप यूएस ओपन टेनिसकाे दाेस्राे चरणमा

काठमाडाैँ । साविक विजेता जापनिज खेलाडी नाओमी ओसाका वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

न्यूयोर्कस्थित फ्लसिङ मिडोजमा भएको खेलमा ओसाकाले रसियन २० वर्षे खेलाडी एना ब्लिनकोभालाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा हराइन् । जसमा ओसाकाले पहिलो सेट छ चारले जितेकी थिइन् भने दोस्रो सेट छ सातले हारेकी थिइन् ।

यस्तै, तेस्रो तथा अन्तिम सेटमा छ दुईको जित निकाल्दै ओसाकाले दोस्रो चरणमा स्थान बनाइन् । पहिलो सेटमा ओसाका चार एकले पछाडी रहेकी थिइन् । तर उनले उत्कृष्ट कमब्याक गर्दै सेट छ चारले जितेकी थिइन् । अब उनले दोस्रो चरणमा पोल्याण्डकी माग्दा लिनीटीसँग खेल्नेछिन् ।

अर्को खेलमा विम्बल्डन च्याम्पियन सिमोना हलेपले अमेरीकी खेलाडी निकोल गिब्सलाई तीन सेटमा नै पराजित गरिन् । उनले गिब्सलाई छ तीन, तीन छ र छ दुईको सेटमा पाखा लगाइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

युरोको क्वाटरफाइनल समीकरण पूरा, अब कसको भिडन्त को सँग ?

काठमाडौं । युरोकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति अन्तिम १६ को दुई खेलसँगै …

प्रतिकृया दिनुहॊस