मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

काठमाडौँ । मेगा बैंक नेपालले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त  एक्सटेन्सन काउन्टरको उद्घाटन  मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले  संयुक्त रुपमा गरे ।

एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने ,छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने  बैंकले  विश्वास लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री