जापानमा ठूलो आँधी, ४ लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

टोक्यो । जापानमा आएको क्रोसा नामको आँधीका कारण कम्तिमा एक जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएको एनएचके टेलिभिजनले जनाएको छ । क्रोसाले दक्षिण जापानको हिरोशिमा नजिकै बिहीबार भूक्षय आएको र अहिले या आँधी उत्तर तर्फ गइरहेको जनाइएको छ । ४ लाख मानिसलाई सुरक्षित स्थानतिर जान आग्रह गरिएको छ । करिब ८०० हवाई उडान र रेलवे सेवा रद्ध गरिएका छन् ।

आँधीका कारण हिरोशिमाको एक जना ८२ वर्षिय बृद्धको मृत्यु भएको छ । उनी आँधीका कारण समुद्रमा खसेका थिए । क्रोसालाई टाइफुन भन्दा एक तह कम खतरा आँधी मानिएपनि पहिला यसलाई सबैभन्दा खतरनाक मध्येकै एकका रुपमा लिइने गरेको थियो । आँधीका कारण रुखहरु समेत ढलेका दृश्य देखाइएका छन् । नदीहरु आफ्नो किनारा तोडेर सडकमा आएको पाइएको छ ।- बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस