पाल्पामा टेलिफोन र इन्टरनेट सेवा नहुँदा स्थानीयलाई समस्या

पाल्पा । पाल्पाका कतिपय दुर्गम क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच नहुँदा स्थानीयलाई समस्या भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा, बल्डेङगढी र सत्यवतीका स्थानीय टेलिफोन सेवाका लागि ३/४ घण्टासम्म हिंडेर गाउँदेखि टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय कमला रानाले बताए ।

नेपाल टेलिकमले पाल्पाको पश्चिम भेगका लागि टेलिफोन टावर राखेको भएपनि कतिपय बस्तीमा नेटवर्कको समस्या हुँदा स्थानीयलाई समस्या भएको छ । बिजुली बत्ति नभएका कारण भएका मोवाईल पनि चार्ज गर्न नपाएको स्थानीयको गूनासो छ । टेलिकमले नाम मात्रैको टावर राखेर जनतालाई झुक्याएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

पाल्पाका विभिन्न ठाउँमा नेपाल टेलिकमकै लापरवाहीले सञ्चार सेवा प्रभावकारी नभएको स्थानीयको आरोप छ । टेलिकमले टावर बनाए पनि समय समयमा मर्मत नगर्दा टेलिफोन सेवा प्रभावित हुने गरेको छ । समस्या समाधानका लागि स्थानीय सरकारले पनि चासो नदेखाएको नागरिक बताउँछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री