जथाभावी पार्किङमा राखिएका ३९ हजार सवारीसाधन कारवाहीमा

काठमाण्डाै – ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो ।

महाशाखाले आव २०७४/०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो । महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्यूरोड, बानेश्वर, कोटेश्वर, सातदोवाटो, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैधरुपमा पार्किङ गर्ने सवारीसाधनलाई कारवाही गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको सवारीसाधनलाई कारवाही गरिएको जानकारी दिनुभयो ।

महाशाखाले नो पार्किङ क्षेत्रमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नगर प्रहरीको सहायतामा बग्गीखानामा ल्याएर कारवाही गर्ने तथा ठूला सवारीसाधनलाई ‘ह्वील लक’ लगाउने गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर झण्डै ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस