चीनमा समुद्री आँधी लेकिमाका कारण २२ जनाको मृत्यु भएको छ भने अन्य १० लाख विस्थापित भएका छन् । ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाइको बिचमा पर्ने वेनलिङ्गमा आँधीका कारण शनिबार बिहानै पहिरो गएको थियो । आँधीका कारण गएको पहिरोमा परी मानिसहरुको ज्यान गएको सरकारी अधिकारीले बताएका छन्।
उद्धारकर्ताले आँधी प्रभावित क्षेत्रमा उद्धा कार्य जारी राखेका छन् । आँधीका कारण करिब १ हजार उडान स्थगित गरिएको छ ।
बी.बी.सी बाट साभार
प्रतिकृया दिनुहॊस