श्रीमतीद्वारा चक्कु प्रहारी गरी श्रीमानको हत्या

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा श्रीमतीले चक्कु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । गोकर्णेश्वर नगपालिका.६ पुरानो शान्त भवन बस्ने मकवानपुर गढी गाउँपालिका-८ घर भएकी २५ वर्षीया श्रीमती शिला घलेले २४ बर्षका श्रीमान जालमान स्याङ्तानलाई तरकारी काट्ने चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।

श्रीमान स्याङ्तानलाई सामान्य विवादको कारण तरकारी काट्ने चक्कुले छाती र ढाडमा  प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या गरेको अभियोगमा  शिला घलेलाई  प्रहरीले पक्राउ गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री