२०१८ की मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीमा

काठमाडौं । २०१८ की  मिस नेपाल अर्थ प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।आइतबार बसेको साझाको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो ।

प्रियाले  ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी छिन् ।प्रिया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् ।

सिग्देलले अग्रज पुस्तासँग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको बताइन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री