काठमाडाैँ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र आईएमई मोटर्स प्रालिबीच व्यापार सम्झौता भएको छ ।
यस सम्झौताअनुसार आईएमई मोटर्स प्रालिमार्फत् सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेल्यान्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिनसक्नेछन् ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आईएमई मोटर्स प्रालिको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरे ।
तपाईंको प्रतिकृया



