प्यान बिना तलव दिन नपाइने घोषणाको डेढ महिनामै एक लाखले लिए स्थायी लेखा नम्बर

काठमाडौं। तलब तथा ज्याला भुक्तानीमै समस्या आउने भएपछि स्थायी लेखा नम्बर (प्यान) लिनेकाे संख्या बढेकाे छ। आन्तरिक राजश्व विभागले जेठ १५ मा बजेट आएपछि अहिलेसम्म एक लाखभन्दा बढिले प्यान लिइसकेको जनाएको छ।

सरकारले चालु बजेटबाट ‘एक ब्यक्ति एक लेखा नम्बर’ नीति लिएको छ भने प्यान लागू भएयता अहिलेसम्म २१ लाखले लिएका थिए। तर बजेटपछि भने प्यान लिने एक लाखले बढेर २२ लाख पुगेका छन्।

सरकारको नयाँ घोषणासँगै साउन १ गतेबाट प्यान बिना तलब तथा १००० रुपैयाँभन्दा माथिको ज्याला भुक्तानी गर्न नपाउने नियम छ । प्यान नलिएको अवस्थामा भुक्तानी गरेमा त्यसलाई सरकारले खर्च नमान्ने ब्यवस्था समेत गरेको छ। यसो भएपछि भुक्तानी गरेको ब्यक्ति तथा संस्थाले आयकर बढि तिर्नु पर्ने हुन्छ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस