काठमाडौं। माछापुच्छ्रे बैंकले एक वर्षमा ३६.३२ प्रतिशतले नाफा बढाएको छ। साे बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो बर्ष बैंकले एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो भने खुद व्याज आम्दानी २९ प्रतिशतले बढाएर तीन अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको हो । गएकाे वर्ष याे आम्दानी दुई अर्ब ७३ करोड रुपैयाँ थियो।
बैंकको निक्षेप संकलन १७.५५ प्रतिशतले बढ्दा ऋण लगानी भने १५.६९ प्रतिशतले बैंकले बढाएको छ। एक वर्षमा ८५ अर्ब १९ करोड रुपैया निक्षेप संकलन गरि ७२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गएकाे वर्ष बैंकले ७५ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरि ६५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
बैंकले खराव कर्जा ०.४४ प्रतिशतबाट ०.३७ प्रतिशतमा झरेको छ। आधार व्याजदर पनि ११.०६ प्रतिशतबाट १०.३७ प्रतिशतमा झार्न सफल भएको छ। नेपाल राष्ट्र बैंकले निर्देशन गरे अनुसार बैंकले स्प्रेडदर ४.५ प्रतिशतभन्दा तल झारेको छ। स्प्रेडदर ४.७५ प्रतिशतबाट ४.२७ प्रतिशतमा झरेको बैंकले जानकारी दिएकाे छ।




