चीनमा बेरोजगार दर ४ दशमलव ९ प्रतिशतमा झर्‍यो, उकालो लाग्यो अर्थतन्त्र

काठमाडौं । चिनियाँ राष्ट्रिय तथ्यांक ब्यूरोले बेरोजगारीको दर ४ दशमलव ९ प्रतिशतमा झरेको जनाएको छ । नयाँ चीन स्थापना भएको ७० वर्षयता रोजगार वृद्धि हुँदै गएर सन् २०१८ सम्म ४ दशमलव ९ प्रतिशत झरेको ब्यूरोजले जनाएको हो ।

ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको संख्या ७७ अर्ब पुगेको र यो चीनको हालको कूल जनसंख्याको आधाभन्दा बढी हो । रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ भने नयाँ चीन स्थापना भएको प्रारम्भिक अवधिभन्दा निकै धेरै बढेको छ ।

रोजगार मात्रा विस्तृत भएसँगै चीनको अर्थतन्त्रको स्थिर र लगातार विकास भएको देखिन्छ र रोजगार संरचनाको सुधार र मात्रामा वृद्धिले चीनलाई सम्पन्न समाजमा पुग्न सुदृढ आधार प्रदान गरेको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार, नयाँ चीन स्थापना भएको सुरूमा अर्थात् सन् १९४९ को अन्तमा चीनका शहरमा बेरोजगार दर २३.६ प्रतिशत पुगेको थियो भने सन् २०१८ को अन्तमा ४.९ प्रतिशतमा झरेको छ ।

पछिल्लो तथ्यांक अनुसार रोजगारको स्थिति स्थिर हुँदै राम्रो भएको मानिएको छ । सन् २०१३ देखि सन् २०१८ सम्म चीनको शहरमा नयाँ रोजगारीका अवसर थपिएको छ ।

विगत छ बर्षमा शहरी क्षेत्रमा रोजगारीको संख्या प्रतिबर्ष १ करोड ३० लाखभन्दा बढी पुगेको छ । सन् २०१८ मा डिजिटल अर्थतन्त्र क्षेत्रको रोजगार संख्या ९९ करोड १० लाख पुगेको छ भने वर्षभरि कूल रोजगारी संख्याको २५ प्रतिशत पुगेको छ ।

निरन्तर मूल्यको अवस्था हेर्दा सन् २०१८ को कुल गार्हस्थ उत्पादन सन् १९५२ को तुलनामा १७५ गुणा बढेको छ भने प्रति वर्ष ८.१ प्रतिशत बढेको छ ।

सन् २०१८ मा चीनको प्रति व्यक्तिको आय ९ हजार ७३२ अमेरिकी डलर पुगेको छ भने मध्य आय स्तर मुलुकको औसत स्तरभन्दा बढी भएको छ । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस