वीरगन्जको सुशील वनस्पति उद्योगमा भीषण आगलागी

वीरगन्ज । वीरगन्जको एक उद्योगमा भीषण आगलागी भएको छ । वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा बिहान करिब ३ बजेबाट आगलागी भएको हो ।

आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।आगलागी नियन्त्रण गर्न चार वटा बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगन्जको बारुणयन्त्रले प्रयास गरिरहेको प्रहरीले जनाएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस