काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा घातक रक्षावरण’ योजना सार्वजानिक गरेको छ । मानिसहरुको खानपानमा आएको परिवर्तन व्यस्त जीवनशैली तथा प्रदुषित वातावरणले मानव स्वास्थ्यमा गम्भिर किसिमका घातक रोगबाट पिडित छन् र उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले गर्दा इन्स्योरेन्सले यी अवस्थालाई ध्यानमा राखी उक्त योजना सार्वजानिक गरेको हो । कमजोर आर्थिक अवस्थाले गर्दा घातक रोग लाग्दा उपचार नपाएर बिरामीको मृत्यु हुने गर्दछ ।
त्यसकारण मानीसहरुको स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो कहाली लाग्दो अवस्थालाई मध्यनजर गरी गैरआवसीय नेपालीहरुको समुहद्धारा प्रवद्र्धित सानिमा लाइफ इन्स्योरेन्सले मुख्य ११ वटा रोगहरुको स्वास्थ्य सुरक्षा बीमा योजना सार्वजानिक गरेको हो ।
यस योजना अन्तर्गत बीमा प्रस्तावकले निर्धारित बीमाशुल्क तिरी घातक रोग सुरक्षाको लागि बीमा गर्न सक्नेछ ।
जसको लागि बीमित घातक रोगबाट पिडित भएको प्रमाणित भएमा विभिन्न शर्तहरुभित्र रही मुल बीमाङकको आधारमा ५० लाखसम्मको बीमा सुविधा एकमुष्ट प्रदान गरिने छ ।
प्रतिकृया दिनुहॊस