सानिमा लाइफले सार्वजानिक गर्यो ‘सानिमा घातक रक्षावरण’ योजना

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा घातक रक्षावरण’ योजना सार्वजानिक गरेको छ ।  मानिसहरुको खानपानमा आएको परिवर्तन व्यस्त जीवनशैली तथा प्रदुषित वातावरणले मानव स्वास्थ्यमा गम्भिर किसिमका  घातक रोगबाट पिडित छन् र उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले गर्दा इन्स्योरेन्सले यी  अवस्थालाई ध्यानमा राखी उक्त योजना सार्वजानिक  गरेको हो । कमजोर आर्थिक अवस्थाले गर्दा घातक रोग लाग्दा उपचार नपाएर बिरामीको मृत्यु हुने गर्दछ ।

त्यसकारण मानीसहरुको स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो कहाली लाग्दो अवस्थालाई मध्यनजर गरी गैरआवसीय नेपालीहरुको समुहद्धारा प्रवद्र्धित सानिमा लाइफ इन्स्योरेन्सले मुख्य ११ वटा रोगहरुको स्वास्थ्य सुरक्षा बीमा योजना सार्वजानिक गरेको हो ।

यस योजना अन्तर्गत बीमा प्रस्तावकले निर्धारित बीमाशुल्क तिरी घातक रोग सुरक्षाको लागि बीमा गर्न सक्नेछ ।

जसको लागि बीमित घातक रोगबाट पिडित भएको प्रमाणित भएमा विभिन्न शर्तहरुभित्र रही मुल बीमाङकको आधारमा ५० लाखसम्मको बीमा सुविधा एकमुष्ट प्रदान गरिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका …

प्रतिकृया दिनुहॊस