नबिल बैंक र लायन्स क्लबबीच सम्झौता

काठमाडौं । नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतासंगै नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबन्धक बिनयकुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री