काठमाडाैँ । पोखराको चरक मेमोरियल अस्पताल प्रा.लि.मा गरिमा विकास बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । यस सम्बन्धम बैंक र अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार, चरक अस्पतालमा उपचार गराउँदा गरिमाका ग्राहकले सम्पूर्ण प्रकारका उपचार शूल्कमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका थिए ।
तपाईंको प्रतिकृया




