बनेपा र कुशादेवीमा देवः विकास बैंक

काठमाडौं । देवः विकास बैंकले बनेपा नगरपालिकाको बनेपा बजार र पनौती नगरपालिका–२, कुशादेवीमा शाखा सञ्चालनमा ल्याएको छ । बनेपा शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले र कुशादेवी शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष अवकाशप्राप्त उपरथी बज्र गुरुङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले १ दशक अगाडि बनेपा एक्स्टेन्शन काउन्टरबाट सेवा प्रदान गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधिलाई दृष्टिगत गरी एक्शटेन्शन काउन्टरलाई शाखामा स्तरोन्नति गरी सेवाग्राहीलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न शाखा कार्यालय सञ्चालन गरिएकोे जानकारी दिए । सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण श्रेष्ठले समग्र काभ्रे र आसपासका क्षेत्रको आर्थिक उत्पादकत्व वृद्धि गर्न देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने विचार व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले उद्यमशीलताको विकास र निजीक्षेत्र मैत्री बैंकिङ प्रणालीका लागि सरकारी नीति र व्यवस्थाका बारेमा बताए । निर्यातमुखी व्यवसायमा जोड दिँदै बैंकिङ सेवालाई गाउँगाउँमा पु¥याउन सकेमात्र समग्र देशमा रोजगारका अवसरहरू सृजना भई देश समृद्ध हुने विचार व्यक्त गरे ।

उक्त अवसरमा पनौती नगरपालिका–२ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले यस क्षेत्रको मुख्य पेशाका रुपमा रहेको कृषि तथा पशुपालन व्यवसायलाई अझ परिष्कृत बनाउन बैंकले लगानी गर्नुपर्नेमा जोड दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस