तिब्बत फर्किने आशा मारेको छैनः दलाई लामा, ट्रम्पको आलोचना

नयाँ दिल्ली । तिब्बतका धार्मिक गुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । उनले ट्रम्पमा नैतिक सिद्धान्तको अभाव भएको समेत उल्लेख गरेका छन् । ट्रम्पले एक दिन एकथोक र अर्कोदिन अर्कोथोक भन्ने गरेको जनाए । उनले ट्रम्पको अमेरिका फस्ट भन्ने नीति पनि गलत भएको जनाउँदै अमेरिकाले विश्वव्यापी मामिला बारेमा सोच्नुपर्ने जनाएका छन् ।

बीबीसीका दक्षिण एशिया करेस्पोन्डेन्ट रजीनी वैद्यनाथनलाई उनले दिएको एक अन्तर्वार्तामा  तिब्बत फर्किने आशालाई आफूले नछोडेको जनाएका छन् । तिब्बती जनताले अहिलेपनि आफूलाई विश्वास गर्ने गरेको समेत उनले जनाएका छन् । उनले आफ्नो उत्तराधिकारी महिला भएमा उनी सुन्दर हुनुपर्ने विवादास्पद भनाइ समेत दोहोर्याएका छन् ।

उनले चीन परिवर्तन भइरहेको र त्यहाँको सरकारको सम्पर्कमा रहने पूर्वअधिकारीहरु र विद्वानसँग आफ्नो सम्पर्क भइरहेको जनाएका छन् । तर चीनका राष्ट्रपति सी जिनपिङ्गले आफूलाई भेट्ने प्रयास अहिलेसम्म नगरेको समेत जनाएका छन् । (बीबीसी)

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री