लेदो बग्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सुचारु

धादिङ । बुधबार रातीदेखि परेको पानीसँगै लेदो बग्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सुचारु भएको छ । धादिङको बैरेनी र जहरेका सडकमा लेदो बग्दा बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो । जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा राजधानी जाँदै गरेका र राजधानी हुँदै पूर्वपश्चिम हिँडेका सवारी साधनहरु बीचमा नै रोकिएका थिए । राजमार्ग अवरुद्ध हुदाँ करीब चार घण्टा सवारी साधनहरु रोकिएका थिए ।

राजमार्गलाई छेडेर जथाभावी गाउँतिर लगिएका ग्रामीण सडक, सडक भन्दा माथितिर खोलिएका बालुवा उत्खनन केन्द्रका कारण भल बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याउने गरेको छ ।

पृथ्वी राजमार्ग अन्र्तगतकै गजुरी गाउँपालिका वडा नं ६, जहरेमा पनि सडकमा लेदो थुप्रिएको छ । जसका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री