काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । आँधिखोलालाई प्रतिकित्ता १०० रुपैयाँ दरको ४ लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो ।
आँधिखोला लघुवित्तको आइपीओमा एनआइबीएल एस क्यपिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले जारी पुँजी १० करोड रुपैयाँको ४०% आइपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयरधनीबाट ६ करोड रुपैयाँ चुक्ता भइसकेको छ । आइपीओ बिक्रीपछि पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।
यस लघुवित्तको आइपीओलाई इक्रा नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ दिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
आँधिखोला लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको वित्तीय संस्था हो । २०७३ साल चैत १२ गतेबाट सेवा सुरु गरेको यस लघुवित्तले हाल दश जिल्ला कार्यक्षेत्र बनाएको छ । यसको केन्द्रीय कार्यालय भिरकोट–१, बयरघारी, स्याङ्जामा रहेको छ ।
तपाईंको प्रतिकृया




