‘माया सररर’ भन्दै पललाई छाडेर सचिन तिर आँचल शर्मा (भिडियाे)

काठमाडौं । गायक सचिन रौनियारको  नयाँ गीत ‘माया सररर’  सार्वजनिक गरिएको छ। ए मान्छे बोलको गीतको  सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को गीत  ‘माया सररर’  ल्याएका हुन।  गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शब्द तथा संगीत जितेन लेप्चाको नै रहेको छ।

मोडल तथा नायिका आँचल शर्माको अभिनय रहेको ‘माया सररर’ को भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन्। भिडियोमा गायक सचिन रौनियार तथा  जितेन लेप्चा दुबै जना नायिका आचल शर्माको पछि लागेर गीत मार्फत फकाउन खोजिएको देखाइएको छ। भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र  विकास ज्ञवालीको सम्पादन रहेको छ।

https://www.youtube.com/watch?v=1imsq9MgS3I

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री