मेरो माइक्रो फाइनान्सको लघुवित्त तालीम

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले नवनियुक्त कर्मचारीलाई लघुवित्तसम्बन्धी दुईदिने आधारभूत तथा व्यवस्थापन तालीम दिएको छ । तालीममा २७ जना कर्मचारी सहभागी थिए ।

संस्थाले नवनियुक्त कर्मचारीलाई कार्यगत जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनुअघि नीतिनियम तथा कार्य प्रक्रियाबारे जानकारी दिने उद्देश्यले तालीमको आयोजना गरेको बताएको छ । तालीममा कर्जा लगानी तथा कार्यक्षेत्रमा प्रवेश गर्नुपूर्व गर्नुपर्ने कार्यबारे जानकारी दिइएको थियो ।

समापन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले मेरो लघुवित्त नेपाल राष्ट्र बैंकको नियम अनुसार सञ्चालन हुने संस्थामा संलग्न भइसकेपछि कर्मचारीहरू पनि आफ्नो पेशाप्रति इमानदार रही नतिजामुखी कार्य गर्दै जानुपर्ने बताए । देशका दुर्गम तथा विपन्न वर्गबीच वित्तीय पहुँचको वृद्धि र विस्तारका लागि संस्थाले व्यावसायिक टेवा पु¥याएको उनको भनाइ छ । उनले आफ्नो कार्यक्षेत्रको अध्ययन गरी कार्य गर्नुपर्नेमा जोड दिए ।

समापनमा वित्त विभाग प्रमुख राजुप्रसाद पुडासैनी, कर्जा विभाग प्रमुख शेरबहादुर गुरुङ, योजना तथा कार्यक्रम विभाग प्रमुख उमेशमान डंगोल, रवि आचार्य, मानव संसाधन विभागका रामकुमार सुवेदी लगायत कर्पोरेट कार्यालयका कर्मचारी सहभागी थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। विराटनगर …

प्रतिकृया दिनुहॊस