काठमाडौँ । काठमाडौँको बौद्धस्थित समता अस्पतालमा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
सोमबार बिहानदेखि सम्पर्क बिहिन रहेकी तामाङ मंगलबार बिहान ९ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेकाे बौद्ध प्रहरीले जनाएकाे छ । घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।
तोडफोडबाट अस्पतालका झ्यालका सिसा फुटेका छन् । मृतकका आफन्तले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रहरी तैनाथ छ ।
तपाईंको प्रतिकृया




