अस्पतालमै झुण्डिएको अवस्थामा भेटियो युवतीको शव, आफन्तले गरे तोडफोड

काठमाडौँ । काठमाडौँको बौद्धस्थित समता अस्पतालमा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

सोमबार बिहानदेखि सम्पर्क बिहिन रहेकी तामाङ मंगलबार बिहान ९ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेकाे बौद्ध प्रहरीले जनाएकाे छ । घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।

तोडफोडबाट अस्पतालका झ्यालका सिसा फुटेका छन्  । मृतकका आफन्तले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रहरी तैनाथ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री