रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाईनलमा

एजेन्सी । नेसन्स लिग फुटबलमा पोर्चुगल फाईनलमा प्रवेश गरेको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाईनल प्रवेश गरेको हो ।

खेलको २५ औ मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै स्विटजरल्याण्ड खेलमा फर्किएको थियो ।

The Juventus forward had a quiet game but still managed to play the defining role with three superb goals, two of them late

रिचार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरेका थिए ।

खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे र पोर्चुगललाई प्रतियोगिताको फाईनल यात्रा तय गराए ।

Ronaldo celebrated in front of a section of disgruntled looking Switzerland fans at the Estadio Dragao in Porto, Portugal

८८ औ मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । ईटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डोले कर्नर पासको सदुपयोग गर्दै ९० औ मिनेटमा ह्याट्रिक पुरा गरे ।

Ronaldo unleashed his trademark celebration after breaking the deadlock for Portugal against Switzerland in Porto

पोर्चुगलले उपाधिका लागि बिहिबार हुने ईङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल आईतबार पोर्टोमा हुनेछ ।

Ronaldo proved to be the difference between the two sides and the Swiss lacked a similarly predatory finisher

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds