प्राइमले र कन्काईलाई एक्वायर गर्यो, अध्यक्ष भन्छन्-‘हामीबीच इन्गेजमेन्ट भयो अब छिट्टै भित्र्याउँछौं’

काठमाडौं । प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने सम्झौता गरेको छ । प्राइमले बुधबार एक कार्यक्रमबीच झापाको दमकस्थित रहेको कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहलले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा प्राइमका अध्यक्ष श्रेष्ठले कन्काईलाई प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै भने, “हामीबीच इन्गेजमेन्टकाे काम सकियाे, अब राष्ट्र बैंकले स्वीकृति दिएपछि भित्र्याउने अर्थात एकिकृत कारोबार शुरू गर्ने छाैं। साथै, यस सम्झौताले अब पूर्वतिरको व्यापार विस्तार गर्न पनि सहयोग मिल्ने छ ।” सेयरधनीलाई प्रतिफल कति दिने भन्ने विषयलाई उठाउँदै उनले भने “हामीले स्थापनादेखि नै सेयरधनीहरुलाई निरन्तर राम्रो प्रतिफल दिँदै आएका छौं । अब आगामी दिनमा थप राम्रो प्रतिफल दिने प्रतिवद्धता गर्दछौं ।”

त्यस्तै, कन्काई विकास बैंकका अध्यक्ष दाहलले भने, “वित्तीय संस्थामा नम्बर वान भन्ने प्रतिवद्धताका साथ करिब १३ वर्षसम्म छोरी जस्तै प्यारो गरी हुर्काएको संस्थालाई जिम्मा लगाउँदै छौं । १ र १ जोडेर २ नभई ११ बनाउने विश्वासका साथ हामीले जिम्मा लगाएका हाैं ।”  साथै, यस मर्जर प्रकृयाले सम्पूर्ण सेयरधनीहरु खुसी हुनुका प्राइम बैंकको थप प्रगतिमा सहयोग पुग्ने उनले बताए ।

त्यस्तै, हाल प्राइम बैंकको कर्मचारी संख्या ७२० रहेकाे छ । कन्काईलाई प्राप्ति पश्चात प्राइमको कर्मचारी संख्या ८०० नाघ्ने प्राइमका अध्यक्ष श्रेष्ठले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds