विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाको लगातार तेस्रो हार, भारतसँग ६ विकेटले पराजित

एजेन्सी । १२ औं एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका क्रिस मोरिसले ४२, फेहलुकवायोले ३४ र कागिसो राबडाले ३१ रन बनाए। दक्षिण अफ्रिकाका भरपर्दा ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिकाका ओपनरद्धय क्वीन्टिन डी कक १० र हसिम अमला ६ रनमा पवेलियन फर्किए। कप्तान फाप डू प्लेसिस ३८, भान डर डुसेन २२ र जेपी डुमिनी ३ रनमा आउट भए।

भारतका युभेन्द्र चाहलले चार विकेट लिए। जसप्रित बुमराहले दुई विकेट लिए।

२सय २८ रनको लक्ष्य पछ्याएको भारतले ४७ ओभर ३ बलमा लक्ष्य पूरा गर्यो। उसका लागि रोहित शर्माले नटआउट १ सय २२ रन बनाए।

यस्तै महेन्द्रसिंह धोनीले ३४, लोकेश राहुलले २६, विराट कोहलीले १८ र हार्दिक पाण्ड्याले १५ रन जोडे। बलिङतर्फ दक्षिण अफ्रिकाका कासिगो राबाडाले दुई तथा क्रिस मोरिस र फेहलुकवायोले एक-एक विकेट लिए।

प्रतियोगितामा दक्षिण अफ्रिकाको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा आयोजक इंग्ल्याण्डसँग पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बङगलादेशसँग पराजित भएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds