सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध

रुकुम । आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ। नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता  बनाएर नगरपालिका कार्यालय, वडा तथा नगरपालिककामतहतका विषयगत कार्यालय र शाखाबाट आयोजना हुने कार्यक्रममा मासु प्रतिबन्ध लगाएको हो।

नयाँ पत्रिका दैनिकमा समाचार छ, सरकारबाट विकासका लागि प्राप्त हुने बजेट फजुल रूपमा खर्च हुने क्रम बढेको भन्दै नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको जनाएको छ।

खाना तथा खाजामा मासुको प्रयोग बढ्दै गएपछि फजुल खर्च बढ्ने भएकाले प्रतिबन्ध लगाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए। ‘मासु खाँदा धेरै पैसा खर्च हुने गरेको छ। यसले आर्थिक व्ययभार मात्र थपेको छ’, उनले भने, ‘फजुल खर्च कटौती गर्न र जुन  उद्देश्यका लागि रकम विनियोन भएको हो, त्यसमै खर्च बढाउने उद्देश्यले कार्यक्रममा खाना खाजामा मासुको प्रयोग रोक्ने निर्णय गरेका हौँ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री