काठमाडाैँ । सुन्दर छालाको लागि दाग, धब्बा हटाउन जरुरी हुन्छ । यसका लागि दैनिक क्रिमको प्रयोग गरिन्छ । महिला होस् वा पुरुष, सबैले क्रिमको प्रयोग गर्छन् । अनुहारका हरेक समस्या समाधानका लागि बजारमा कैयौँ क्रिम उपलब्ध छन् । क्रिमले छालालाई मोस्चराइज मात्र गर्दैन, रङमा समेत परिवर्तन ल्याउँछ । तर, कैयौँ यस्ता क्रिम हुन्छन् जसले छालाको समस्या समाधान गर्नुको साटो झन् बल्झाउँछन् । त्यसैले क्रिम छनोटमा सजग हुन आवश्यक हुन्छ ।
स्टेराइड – छालामा प्रयोग गरिएको क्रिमले तत्काल प्रभाव जमाओस् भन्ने उद्देश्यले प्रायः सबै क्रिममा स्टेराइडको प्रयोग गरिएको हुन्छ । तर, यस्तो पदार्थले अनुहारमा स्कार्स, पिम्पल्स, एलर्जी, दाग, धब्बा बनाउने काम गर्छ । यसका अरू पनि थुप्रै साइड इफेक्ट हुन्छन् । यसले स्किनभन्दा माथि लेयर बनाउनेसमेत काम गर्छ । यस्तो पदार्थ फेयरनेस क्रिममा बढी प्रयोग गरिन्छ । त्यसैले स्टेराइड कम प्रयोग भएका क्रिम खरिद गर्न आवश्यक हुन्छ ।
प्रेजर्भेटिभ – क्रिममा भएको प्रेजर्भेटिभका कारण छालामा खतरनाक रियाक्सन हुन्छ । किनकि, यसमा पेराबेन हुन्छ । जसले स्किनमा रातो धब्बा, एलर्जीलगायतका समस्या निम्त्याउने गर्छ । त्यसैले सधैँ पेराबेन फ्री क्रिम प्रयोग गर्न आवश्यक हुन्छ ।
फ्रेगरेन्स – क्रिममा मिश्रण गरिएको फ्रेगरेन्सले एट्र्याक्टिभ देखाउने गर्छ । तर, यसबाट बच्न जरुरी छ । त्यसका लागि हाइपो एलर्जिक लेखिएको क्रिम प्रयोग गर्नुपर्छ । यसका साथै फ्रेगरेन्स फ्री क्रिम या प्रडक्ट प्रयोग गर्नुपर्छ । यस्ता क्रिम प्रयोग गर्दा छालाको लेयर ड्यामेज हुन थाल्छ । र, छालामा कुनै असर पर्दैन ।
हाइड्रोक्युनान – छालाको रङमा निखार ल्याउन क्रिममा ब्लिचको प्रयोग गरिन्छ । तर, यस्तो प्रडक्ट लामो समय प्रयोग गर्दा छाला उल्टै कालो हुन थाल्छ । यसैको कारण हो जापान, अस्टेलिया र युरोपमा ब्लिचिङ क्रिम प्रडक्ट ब्यान्ड गरिएको । स्किन निकै सेन्सिटिभ हुने भएकाले राम्रोसँग जाँच गरेर मात्र क्रिमको प्रयोग गर्न आवश्यक हुन्छ ।
प्रतिकृया दिनुहॊस