सांग्रिला डेभलपमेन्ट बैंक गल्छीको खोलौ खाता अभियान

काठमाडाैँ । राष्ट्रियस्तरको विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंकको शाखा कार्यालय गल्छीले विगतका महिनामा जस्तै विभिन्न किसिमका बजारीकरण रणनीतिका साथ बैंकको सेवा सुविधा एवं कर्जाको विषयवस्तुमा समेत जनताका गराएका छौं ।

घर–घरमा विभिन्न, विद्यालय कलेजहरूमा, सहकारी संघ–संस्थालगायत अन्य संघ–संस्थामा, आममानिसहरूको बीचमा, टोलटोलमा पुगी खाता खोली आफ्ना ग्राहक बनाउने क्रममा हालै बैंकको बजारीकरण गर्ने र जनतामा सांग्रिला बैंकको सेवा, सुविधाहरूका बारेमा जानकारि दिने सन्दर्भमा वैशाख महिनाको साप्ताहिक कार्यक्रम सम्पन्न गरेको छ ।

कुनै पनि बैंकमा अहिलेसम्म खाता नखोलेको नागरिकता भएका जनताहरूको सून्य पैसामा खाता खुलाएको छ । कर्मचारीहरूको चिनेका साथीभाइ, इष्टमित्र तथा त्यसै सांग्रिला बैंकको कर्जा एवं बचततर्फका ग्राहक महानुभाव जो त्यही गाउँवासी हुनुहुन्छ, उहाँहरूलाई समेतसँगै हिँड्न अनुरोध गरी स्थानीयवासीको विशेष सहयोगमा खोलौं खाता अभियान सञ्चालन गरेको गल्छी शाखाका प्रमुख गौरब काफ्लेले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स …

प्रतिकृया दिनुहॊस