जनता बैंकका ग्राहकलाई बिराटनगरको हाम्रो अस्पतालमा छुट

काठमाडाैँ । जनता बैंक नेपालका ग्राहकले विराटनगरको हाम्रो अस्पताल प्रा.लि.मा उपचार गराउँदा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने छ । यस छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री