लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेडले देश भर रहेका आफ्ना १०६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरू तथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।

सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री