कास्कीको घान्द्रुकमा पोखरा फाइनान्सको एक्सटेन्सन काउन्टर

काठमाडाैँ । पोखरा फाइनान्स लिमिटेडले कास्कीको घान्द्रुकमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । फाइनान्सका अध्यक्ष भुवनसिं गुरुङ उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

उक्त घान्द्रुक एक्सटेन्सन काउण्टर मार्फत् संस्थाले निक्षेप संकलन, चेक भुक्तानी तथा रेमिटेन्स लगायतका सेवा दिने कार्यकारी प्रमुख रबि चन्द्र गुरुङले जानकारी दिए ।

जारी पुंजी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्ब ९६ करोड तथा कर्जा लगानी रु. ५ अर्ब ४८ करोड एवं जगेडा कोषमा रु. ३१ करोड २० लाख रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री