प्रभु बैंकका दुई नयाँ शाखा विस्तार

काठमाडौं ।  प्रभु बैंकले शुक्रबार एकैदिनमा दुई शाखा संचालनमा ल्याएको छ । बैंकले कैलाली जिल्लाको बौनिया र पाँचथर जिल्लाको फिदिममा नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।

बैंकको बौनिया शाखाको उद्घाटन नेपाल राष्ट बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्माले गरेका छन्   त्यसै गरी  फिदिम शाखाको उद्घाटन फिदिम नगरपालिकाका नगरप्रमुख ओनाहाग नेम्वाङले गरेका छन् ।

शाखा उद्घाटन कार्यक्रममा स्थानीय कार्यालय प्रमुखहरु तथा व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री