ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते

चितवन । भरतपुर महानगरपालिकाको आँपटारीमा ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएका छन् ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले  ठक्कर दिएको थियो ।

घाइतेहरुको  चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले  जनाएको छ । घाइतेहरु मध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री