रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

काठमाडौं । रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि सोमवार बुक क्लोज गर्ने भएको हो । बुक क्लोजका आधारमा आइतावारसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा २.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साथै, कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश समेतको प्रस्ताव कम्पनीको छ । कम्पनीले अघिल्लो र गत आर्थिक वर्षको संयुक्त साधारण सभा जेठ २७ गते बोलाएको हो । हाल कम्पनीको चुक्तपूँजी रू. ७४ करोड ३२ लाख २९ हजार रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले रू. २ करोड ७१ लाख ३६ हजार खुद नाफा गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित

कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि‍.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after