hatya/इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गाका किशोरको न्युरोडमा हत्या

मानसिक समस्या र तनावलाई व्यवस्थापन गर्न नसक्दा बीभत्स हत्या

ललितपुर।  पछिल्लो समय धारिलो हतियार प्रयोग गरी बीभत्स तबरले हत्या गरिएको घटना बढ्नुमा तनावलाई सजिलै व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको मनोविश्लेषकहरूले बताएका छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भएको घटना होस् या ललितपुरको गोदावरी र ढोलाहिटीमा भएको हत्या, यी सबैमा धारिलो हतियार प्रयोग भएका छन् ।

यी सबै घटनामा बीभत्स तबरले हतियारको प्रयोग गरेर हत्या गरेको पाइएको छ । मानसिक सचेतना एवं अनुसन्धान केन्द्रका मनोविद् गोपाल ढकालका अनुसार यसरी भएका पछिल्ला घटनामा मानसिक समस्या नै मुख्य कारण रहेको छ ।

उनीहरूले आफ्नो रिस, तनाव, शंका र भ्रमलाई आफ्नो नियन्त्रणमा लिन सक्दैनन्, मनोविद् ढकालले भने, ‘जसका कारण उनीहरू आक्रामक बन्छन्, अरूलाई पनि असर गर्छन् र आफूलाई पनि असर पार्छन् । केही दिनअघि गोदावरीमा एक श्रीमान्ले हतियार प्रयोग गरेर श्रीमतीको हत्या गरेका थिए भने ढोलाहिटीमा जेठाजुले आफ्नै भाइ बुहारीमाथि खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका थिए ।

६ जेठको सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको होे । योे घटनाको हत्यारा पत्ता नलागे पनि अनुसन्धानमा जनाइएअनुसार आशंका गरिएका हत्याराले आत्महत्या गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा मुटु रोग उपचार पुर्‍याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after