मानसिक समस्या र तनावलाई व्यवस्थापन गर्न नसक्दा बीभत्स हत्या

hatya/इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गाका किशोरको न्युरोडमा हत्या

ललितपुर।  पछिल्लो समय धारिलो हतियार प्रयोग गरी बीभत्स तबरले हत्या गरिएको घटना बढ्नुमा तनावलाई सजिलै व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको मनोविश्लेषकहरूले बताएका छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भएको घटना होस् या ललितपुरको गोदावरी र ढोलाहिटीमा भएको हत्या, यी सबैमा धारिलो हतियार प्रयोग भएका छन् ।

यी सबै घटनामा बीभत्स तबरले हतियारको प्रयोग गरेर हत्या गरेको पाइएको छ । मानसिक सचेतना एवं अनुसन्धान केन्द्रका मनोविद् गोपाल ढकालका अनुसार यसरी भएका पछिल्ला घटनामा मानसिक समस्या नै मुख्य कारण रहेको छ ।

उनीहरूले आफ्नो रिस, तनाव, शंका र भ्रमलाई आफ्नो नियन्त्रणमा लिन सक्दैनन्, मनोविद् ढकालले भने, ‘जसका कारण उनीहरू आक्रामक बन्छन्, अरूलाई पनि असर गर्छन् र आफूलाई पनि असर पार्छन् । केही दिनअघि गोदावरीमा एक श्रीमान्ले हतियार प्रयोग गरेर श्रीमतीको हत्या गरेका थिए भने ढोलाहिटीमा जेठाजुले आफ्नै भाइ बुहारीमाथि खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका थिए ।

६ जेठको सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको होे । योे घटनाको हत्यारा पत्ता नलागे पनि अनुसन्धानमा जनाइएअनुसार आशंका गरिएका हत्याराले आत्महत्या गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री