हारपछि कांग्रेसमा राजीनामाको लहर

काठमाडाैँ । लोकसभा चुनावमा लज्जास्पद हारपछि भारतीय कांग्रेसमा नेताहरुले राजीनामा दिने क्रम सुरु भएको छ । उत्तर प्रदेश, ओडिसा र कर्नाटकका तीन वरिष्ठ नेताले पार्टी अध्यक्ष राहुल गान्धीलाई आफ्नो राजीनामा बुझाएका छन् ।

उत्तर प्रदेशमा ८० सिट मध्ये कांग्रेसले रायबरेली सिट मात्रै जितेको छ । राहुल गान्धी आफ्नो अमेठी सिट जोगाउन पनि असफल रहे । यो हारपछि प्रदेशमा कांग्रेसका अध्यक्ष राज बब्बरले पदबाट राजीनामा दिएका छन् ।

राज बब्बर फतेपुर सिकरीबाट चुनावी मैदानमा थिए र उनी भाजपाका उम्मेदवारसँग झण्डै पाँच लाख मतले पराजित भए । बब्बरले प्रदेशमा हारको जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् ।

कांग्रेसले एचके पाटिललाई कर्नाटकमा चुनावी अभियानको जिम्मेवारी दिएको थियो । तर कर्नाटकमा पनि कांग्रेस नराम्रोसँग पराजित भयो । पाटिलले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् ।

यस्तै ओडिसाका कांग्रेस प्रमुख निरंजन पटनायकले पनि राजीनामा बुझाएका छन् । ओडिसामा कांग्रेसले विधानसभामा ९ र लोकसभामा एक सिट मात्रै जितेको छ । पटनायक दुई विधानसभा सिटबाट चुनावी मैदानमा थिए र दुवैमा पराजित भए । पटनायकका छोरा लोकसभाका उम्मेदवार थिए र उनी पनि पराजित भए ।

कांग्रेसमा अझै राजीनामा आउने सम्भावना छ । तर पार्टीको नेतृत्व यसबारे कुनै हतारो गर्ने अवस्थामा छैन ।

कांग्रेसको महत्वपूर्ण निर्णय लिने क्षमताको कांग्रेस वर्किङ्ग कमिटिको बैठक शनिबार बस्दैछ । यो बैठकमा चुनावी नतिजाको समीक्षा हुनेछ ।

कांग्रेसले ती सबै अड्कलहरुलाई खारेज गरेको छ कि चुनावी हारपछि अध्यक्ष राहुल गान्धीले राजीनामा दिने प्रस्ताव गरेका थिए । केही नेताहरुले बताएका छन् कि राहुल गान्धीले वर्किङ्ग कमिटिको बैठकमा राजीनामाको प्रस्ताव गर्न सक्नेछन्, तर त्यसलाई स्वीकार गरिने छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत …

प्रतिकृया दिनुहॊस

This will auto close after