साउन १७ मा आउने भयो ऋचाको ‘न यता न उता’

काठमाडाैँ । गत वर्ष माघ २५ मा रिलिज हुने भनेर घोषणा गरिएको र पछि रिलिज स्थगित गरिएको ‘न यता न उता’ ले नयाँ रिलिज मिति घोषणा गरेको छ।

शुक्रबार सिनेमामा समाविष्ट नयाँ गीत रिलिज गर्दै उसले आफ्नो नयाँ रिलिज मिति तोकेको हो।

सिनेमा अब साउन १७ गते रिलिज हुने भएको छ । रिलिज मितिसँगै निर्माणपक्षले ‘न यता न उता’ बोलको शीर्ष गीत सार्वजनिक गरेको छ ।

[youtube https://www.youtube.com/watch?v=0BEpc8K-T10]

गीतमा सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् ।

सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री