काठमाडाैँ । लिओनल मेस्सीले करियरको छैटौँ पटक युरोपेली गोल्डेन बुट हात पारेका छन। मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका थिए ।
युरोपका लिगहरुमध्ये सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्डमा दोस्रो स्थानमा पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे रहे । यो अवार्ड जित्ने हाेडमा रहेका एमबाप्पे अन्तिममा चुक्न पुगे । शुक्रबार राति भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि उनलाइ पछि पार्दै मेस्सीले याे अवार्ड जितेका हुन।
मेस्सीले लगातार तेस्रो पटक जित्दा स्पेनिस लिगका खेलाडीले याे अवार्ड जितेकाे यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७/०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गर्दै अवार्ड जितेका थिए ।
प्रतिकृया दिनुहॊस