झगडा हुँदा श्रीमतीको हत्या, २४ घण्टासम्म घटना गुपचुप

काठमाडाैँ । झगडा हुँदा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । वैशाख २१ गते राती श्रीमतीको हत्या गरेपनि अभियुक्तले २४ घण्टासम्म घटना गुपचुप राखेका थिए । भोजपु्र याङपाङ माइती भई भुम्लु गाउँपालिका ६ काभ्रेमा विवाह गरेकी २३ वर्षीय निर्मला नेपालको हत्या उनकै श्रीमान् पुष्कर भन्ने राजकुमार पहरीले गरेका हुन् ।

वैशाख २१ गते साँझ काठमााडौंको बागबजारस्थित डेरामा झगडा हुँदा राजकुमार पहरीले कपालमा समातेर पलङमा लडाइदिँदा निर्मलाको मृत्यु भएको हो । वैशाख २१ गते साँझ नै निर्मलाको मृत्यु भएपनि राजकुमारले घटना गुपचुप नै राखेका थिए ।

तर आफू अपराधबाट छिप्न नसक्ने भएपछि राजकुमारले वैशाख २३ गते बिहान मात्रै निर्मलाको मृत्यु भएकोबारे आफन्तलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको अपराध महाशाखाको टोलीले निर्मलाका श्रीमान राजकुमारलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीसँगको प्रारम्भिक बयानमा राजकुमारले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेक फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी

काठमाडौं । नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक …

प्रतिकृया दिनुहॊस