काठमाडौँ । गुरुङ चलचित्रका महानायक तथा वरिष्ठ संस्कृतिकर्मी तारा बहादुर गुरुङले ‘दरौ सिरुबारी…’को अपार सफलता संगै नेपाली गित सङीतमा नौलो प्रस्तुती मौलिक सालैजो ‘चरीले बिउ खायो…’ सार्बजनिक गरेका छन् ।
गुरुङले केही नेपाली चलचित्र, नेपाली सिरियल, दर्जनौ म्युजिक भिडियो, केही रास्ट्रभक्तिका गितहरु र दर्जनौ गुरुङ चलचित्रमा आफ्नो कला पोखिसकेका छन् ।
गुरुङ बिगत ३ दशक देखि नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न बिदेशी बिलासिताको मोह त्यागी नेपाली माटोको टीका लगाई आफ्नै मातृभुमीमा रगत पसिना बगाई दर्जनौं कलाकार उत्पादन गरेर युरोप तथा एसियाका करिब १५ देशहरुमा नेपाली मौलिक संस्कृतिलाई प्रचार प्रसार गरि नेपालमा नै फर्केर नेपाली भेषभुसाको जगेर्ना गर्ने हेतुले करिब ३ करोड भन्दा बढी लागत पर्ने सम्पुर्ण नेपाली जातजातीका पोशाकहरुको संरक्षण गर्न लालीगुरास पोशाक केन्द्र नामको संग्राहलय स्थापना समेत गरेका छन् ।
https://www.youtube.com/watch?v=WBY05UDNJ4Y




