काठमाडाैँ । लक्ष्मी बैंकले ९ महिनामा १ अर्ब २ करोड खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १९ प्रतिशतले बढेको हो।
गत वर्ष यसै अवधिमा बैंकको नाफा ८६ करोड ११ लाख थियो।
बैंकले वितरणयोग्य नाफा ७० करोड पुर्याएको छ। बैंकको व्यवसाय बढ्दै गएको छ। चैत मसान्तसम्म कुल ७७ अर्ब ४४ करोड निक्षेप संकलन गरेको छ भने ७० अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ।
८ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १७ करोड छ। समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जामा १८ प्रतिशतको वृद्धि आएको छ। बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा छ। प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ छ।
बैंकको आधार व्याजदर घटेको छ। गत वर्ष यस अवधिमा ११. ३५ प्रतिशत रहेको आधार दर अहिले १०. २६ मा घटेको छ। बैंकको सिसिडी रेसियो ७८ प्रतिशत छ।
प्रतिकृया दिनुहॊस