रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए

एजेन्सी । इटालियन सिरि एको खेलमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाएका छन् । शुक्रबार राति भएको डर्बी खेलमा युभेन्ट्सले टोरिनोसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

सिरि एको उपाधि जितेको युभेन्ट्स शुक्रबार राति सहरी प्रतिद्वन्दीविरुद्व मैदान उत्रिएको थियो । तर डर्बीको अवे खेलमा २४ बर्ष युभेन्ट्सलाई हराउँने टोरिनोको लक्ष्यलाई रोनाल्डोले असफल पारिदिए ।

सासा लुकिचले १८ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर खेल सकिन ६ मिनेट अगाडी रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई बराबरीको स्थितीमा ल्याएका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले ३५ खेलबाट ८९ अंक जोड्यो । छैटौ स्थानको टोरिनोको ५७ अंक भयो । पछिल्लो बराबरीले टुरिनोलाई च्याम्पियन्स लिगमा छनोट हुने थप दबाब बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds