एभर्टन विजयी, युरोपा लिगमा स्थान बनाउने सम्भावना कायम

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टनले जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलीलाई २–० ले हराएको हो ।

उसको जितमा २० औँ मिनेटमा सेमस कोलम्यानले गोल गरे । त्यसअघि १७ औँ मिनेटमा उसले उपहार गोल पाएको थियो । बर्नलीका बेन मीले आत्मघाती गोल गरेका हुन् । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र एभर्टन २–० ले विजयी भयो ।

जितपछि एभर्टनको युरोपा लिग फुटबलमा छनौट हुने सम्भावना जीवितै रहेको छ । लिगको एक खेल बाँकी हुँदा उसको ३७ खेलबाट ५३ अंक भएको छ र उ आठौँ स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds