सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी वापतको १८ लाख प्रदान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी वापत१८ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले दुबईमा बसोबास गर्दै आएका गोकर्ण खत्रीको असामयिक निदन भएको कारण उहाँको श्रीमतीलाई उक्त्त रकम भुक्तानी गरेको हो ।

घातक रोग अन्तर्गतको ब्रेन ट्युमर भए पश्चात मृतक स्वयमलाई कम्पनीले उपचारको लागि ५ लाख प्रदान गरेको थियो। उपचारको क्रममा निजको मृत्यु भएपछि कम्पनीले मृतकका श्रीमती जानकि दांगीलाई १३ लाख प्रदान गरेको छ। दुबईमा घातक रोगको उपचार गराउँदै आएका खत्री थप उपचारको लागि नेपाल आएका थिए ।

अपरेशनकै क्रममा मृत्यु भएको खत्रीको परिवारलाई कम्पनीले मृत्यु पश्चात् दाबी भुक्तानी स्वरुप१३ लाख र यसअघि उपचारको लागि रु ५ लाख गरी कुल १८ लाख हस्तान्तरण गरेको थियो । सिटिजन लाइफको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौड्यालले जानकी दांगीलाई सो चेक प्रदान गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित

कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि‍.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after