गैँडाको आक्रमणले एकजनाको मृत्यु

चितवन । गैँडाले आक्रमण गर्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति ९ बजे गैँडाले आक्रमण गरेको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार बिहान  ३ : ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  महतोको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको छन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after