नेपालीको नयाँ गन्तव्य बन्दै स्पेन

म्याड्रिड । नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ। आसपासका युरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाइमा पर्न थालेको हो।

बेलायत, ग्रिस, पोल्याण्ड, माल्टा, टर्की लगायतका मुलुकबाट यहाँ भित्रिने नेपालीको सख्या हरेक वर्ष बढिरहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ। ‘युरोपका अधिकांश देशबाट यहाँ आउने नेपालीको संख्या बढिरहेको छ, स्पेनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले बताए।

स्टुडेण्ट भिसामा यूरोप पुग्ने नेपालीहरु रोजगार र बसोबासका लागि सहज वातावरण खोज्दै स्पेन भित्रिने गरेका उनले जानकारी दिए। बेलायतमा एक दिन पनि ‘ओभर स्टे’ गर्न नपाइने भएकाले त्यहाँबाट पनि स्पेन भित्रिने नेपालीको संख्या बढिरहेको पौडेलले बताए। सोही प्रावधानका कारण सन् २०१०पछि बेलायतबाट स्पेन भित्रिने नेपालीको संख्या निकै बढेको हो। स्पेन भित्रिने जो कोहीले बसोबासका लागि ‘इम्पाद्रोनामिएन्तो’को प्रकृयामा सामेल हुन सक्छन्।

इम्पाद्रोनामिएन्तो बसोबासका लागि स्थानीय नगरपालिकामा दिइने आवेदन प्रकृया हो। आवेदकले निवेदन दिएको तीन वर्षपछि बसोबास अनुमतिपत्र प्राप्त हुन्छ। त्यसपछि रोजगारका लागि आवेदन दिन सजिलो हुने र कमाई धेरथोर बचत पनि हुने बताउँदै म्याड्रिडको एक रेष्टुरेन्टमा कार्यरत एक नेपालीले भने–‘शुरुको ३ वर्ष विना कमाईको दुःखी जिन्दगी हो, ३ वर्षपछि भने केही सजिलो हुन्छ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्थानीय तहहरूलाई निर्वाचन आयोगको निर्देशन- मतदानस्थलमा खानेपानी, शौचालय र विद्युत्को व्यवस्था गर्नू

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, …

प्रतिकृया दिनुहॊस