पीएसजी स्तब्ध, रेनसलाई फ्रेन्च कपको उपाधि

एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजीलाई स्तब्ध पार्दै रेनसले फ्रेन्च कपको उपाधि उचालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रेनसले पेनाल्टी सुटआउटमा पीएसजीलाई हराउँदै फ्रेन्च कपकाे उपाधि जितेको हो ।

लिग कप च्याम्पियन पीएसजीले पछिल्ला चार सिजन लिग कपको उपाधि उचाल्दै आएको थियो ।

पीएसजीका स्टार केलियन एम्बाप्पेले रातो कार्ड खाएको खेलमा निर्धारित तथा अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

गत जनवरीदेखि मैदान बाहिर रहदै आएका नेयमारलाई पहिलो रोजाईको रुपमा मैदानमा उतार्दा समेत पीएसजीले हार ब्यहोर्न बाध्य भयो ।

नेयमारको कर्नरलाई सदुपयोग गर्दै ड्यानी अल्भेसले १३ औ मिनेटमा पीएसजीलाई अग्रता दिलाए । २१ औ मिनेटमा नेयमारले टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।

Full-back Dani Alves had put PSG ahead after just 13 minutes of the French Cup final

४० औ मिनेटमा प्रिन्सेल किम्पेम्बेले आत्मघाति गोल गरेपछि रेनस खेलमा फर्कने संकेत गरेको थियो । सिटोईले ६६ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अतिरिक्त समयको खेल सकिन दुई मिनेट अगाडी एम्बाप्पेले खराब ट्याकल गरेपछि रातो कार्ड ब्यहोरेका थिए ।

दुवै टोलीका ११ खेलाडीको प्रहारले जाली चुमेपनि पीएसजीका क्रिस्टोफर नेकुन्कुको प्रहार असफल भएपछि रेनसले लिग कपको उपाधि उचालेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds